site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने– लक्षण राम्रै छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताएका छन् । आज पार्टीले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटवार्ताका क्रममा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन असहज भएको बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि उनले ओलीको नाम लिएका थिएनन् ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीको असन्तुष्टिबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले स्पष्ट जवाफ दिएनन् । बरु उनले आज प्रधानमन्त्रीसँगको भेटपछि 'राम्रै लक्षण' देखिएको प्रतिक्रिया दिए ।

"उहाँसँग मेरो बिहान भेट भएको थियो । तर, मलाई त्यस्तो केही भन्नुभएन त ! अघि प्रधानमन्त्रीज्यू र म यहाँ सँगै थियौँ । तपाईंहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा देख्नुभयो । हाउभाउ देख्नुभयो । हात हल्लाएको देख्नुभयो । हात मिलाएको देख्नुभयो । मुस्कुराएको देख्नुभयो । खुसी भएको देख्नुयो । एउटै चाडमा एकै ठाउँमा खुसियालीपूर्ण ढंगले समावेश भएको देख्नुभयो ।  राम्रै लक्षण छ नि हैन," ओलीले सञ्चारकर्मीसँग भने ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro