site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निषेधित क्षेत्रका कारण पर्यटनमा ठूलो असहजता छ : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्व समुदायमा नयाँ ढंगले ‘ब्राण्डिङ’ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् । बुधबार नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । 

जलवायु परिवर्तनले हिउँ पग्निने, हिमपहिरो जाने र  हिमाल कालो भएको दृश्य देखिदै गएको मन्त्री किरातीले बताए । हिमालको रक्षा गर्न सकेमात्र नेपाल रहने उनको भनाइ छ । 

“पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढंगले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतिक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमाल कालो हुँदै आउने दृश्यहरू हामीले देखेका छौँ,” उनले भने, “संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसद्‌मा विशेष महत्व दर्शाउँदै हिमाल असामान्य रूपमा पग्लिरहेको छ भन्नुभयो । नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौती व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भवाना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौती बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ ।”

निषेधित क्षेत्रका कारण पर्यटनमा असहजता भइरहेको बताए । 

“पर्यटन ऐनहरू पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई दोब्बर गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारण पर्यटनमा धेरै ठूलो असहजता छ,” उनले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro