site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इमर्जेन्सी र ओपीडी सेवा व्यवस्थित बनाउँदै कान्ति बाल अस्पताल 

काठमाडौं । बिरामीको चापलाई ध्यानमा राख्दै कान्ति बाल अस्पतालले इमर्जेन्सी र ओपीडी सेवालाई व्यवस्थित गर्न थालेको छ । बालिका मृत्युको घटनापछि अस्पतालले सेवा सुधार गरेको हो । इमर्जेन्सी कक्षमा पालो कुर्दाकुर्दै मकवानपुरकी पाँच वर्षीया रेजिशा गोपालीको भदौ १८ गते मृत्यु भएको थियो ।

इमर्जेन्सीमा पुग्ने बिरामीका लागि अहिले ट्रायज (बिरामीको गम्भीरताका आधारमा वर्गीकरण गरिने स्थान)मा अवस्था छुट्याएर टिकट दिने व्यवस्था मिलाइएको छ । ट्रायजमा बस्ने नर्सले बिरामीको अवस्था हेरी सिकिस्तलाई रातो स्टिकर दिन्छन् । यस्ता बिरामीलाई इमर्जेन्सीमा खटिएका चिकित्सकोमा  पुर्‍याइन्छ । 

waiting-hall-1698804800.jpg

Dabur Nepal
NIC Asia

पहेँलो स्टिकर दिइएका बिरामीलाई तीनदेखि चार घण्टाभित्र परीक्षण गर्ने र हरियो स्टीकर दिइएकालाई पहेँलोवाला बिरामी सकिनासाथ जाँच्ने प्रवन्ध गरिएको अस्पताल निर्देशक डा. पंकज रायले बताए । 

इमर्जेन्सी अगाडि भीड बढेपछि कान्तिले लाइन बस्ने जोन पछाडि सारेको छ । इमर्जेन्सी टिकटका लागि अतिरिक्त दिवा सेवा काउन्टर थप गरिएको छ । यो काउन्टरले बिहान ९ देखि दिउँसो ३ बजेसम्म सेवा दिँदै आएको छ । 

ओपीडीका लागि भने १ बजेसम्म मात्रै काउन्टर सञ्चालन हुँदै आएको छ । 

final-1698805389.jpg

इमर्जेन्सी सेवालाई लक्षित गरी काउन्टर अगाडि नै फार्मेसी सञ्चालन गरिएको छ । योसँगै अस्पतालका दुईवटा फार्मेसी चौबीसै घण्टा सञ्चालन भइरहेका छन् ।
 
इमर्जेन्सी कक्षमा बिरामीको चापलाई मध्यनजर गर्दै १० देखि १५ जना कन्सल्टेन्ट चिकित्सक ‘स्ट्यान्डबाइ’ (तैनाथ) राख्न थालिएको निर्देशक डा. रायले बताए । ती चिकित्सक एकै फ्लोरका विभिन्न विभागमा खटिए पनि इमर्जेन्सीलाई प्राथमिकता दिइने उनको दाबी छ । 

दैनिक दुई युनिट चिकित्सक र नर्स इमर्जेन्सीमा राखिएको छ । ड्युटीका कर्मचारीको निगरानीका लागि ५ देखि १० बजेसम्म सुरपरभाइजर खटाइएको छ । प्रशासनसहितको टोलीले प्रत्येक आइतबार र बुधबार विभिन्न विभागको अनुगमन गर्दै आएको छ । 

अस्पतालको सेवा व्यवस्थित गर्न सुधारका केही काम गरिए पनि जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा अझै चुस्त बनाउन नसकिएको डा. राय बताउँछन् । बिरामीको चाप भएको अवस्थामा एउटै इमर्जेन्सी बेडमा तीन जनासम्म बिरामी राख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

kanti-er-counter-1698804822.jpg

कान्तिमा गर्मीयाममा आठ सयदेखि नौ सयको हाराहारी  बिरामी ओपीडीमा र १५० देखि २०० बिरामी इमर्जेन्सीमा आउँछन् । हाल चलिरहेको २५ वटा इमर्जेन्सी बेड बिरामीको चापअनुसार पर्याप्त नभएको उनी बताउँछन् ।
 
जनशक्ति अभावले पनि सेवामा कठिनाइ निम्त्याइरहेको उनको भनाइ छ । कान्तिमा ८५ जना मेडिकल अफिसरको दरबन्दी रहे पनि ७२ जना मात्रै कार्यरत छन् । १७० नर्स र ३७ कन्सल्टेन्ट चिकित्सक कार्यरत छन् । अहिलेको संख्यामा बिरामीका लागि नर्सिङ जनशक्ति मात्रै ६ सय आवश्यक रहेको निर्देशक राय बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro