देश
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ बस्ने ३७ वर्षीय तुलसी फुयाल रहेका छन् ।
गत वर्षको चैतमा उच्च अदालत विराटनगर, इलाम इजलासको फैसलाले एक महिना कैद र एक करोड रुपैयाँ जरिबाना तथा पीडित राहत कोषमा चार लाख जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार फैसला भइ फरार रहेका उनलाई आज पक्राउ गरेको हो ।
फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा लगिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० २२:०६
प्रतिक्रिया दिनुहोस्