site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लस एन्ड ड्यामेज फन्ड’ परिचालन गर्नुपर्छ, नेपाली यसमा निर्भर छन् : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस वर्षको जलवायु परिवर्तन सम्मेलन कोप–२८ मा सबै पक्षले ‘लस एन्ड ड्यामेज फन्ड’ परिचालन गर्नुपर्ने बताएका छन् ।

‘लस एन्ड ड्यामेज फन्ड’सम्बन्धी सम्झौतालाई राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२७ को महत्त्वपूर्ण उपलब्धि मानिएको थियो ।

यसले जलवायु परिवतर्नमा सबैभन्दा कम जिम्मेवार भएका तर जलवायु संकटको अग्रपङ्क्तिमा रहेका विशेष गरी ‘ग्लोबल साउथ’सहितका अर्बाैं मानिसलाई वित्तीय सहयोग पर्दान गर्छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुेटेरेसले ‘लस एन्ड ड्यामेज फन्ड’मा चाँडो सहयोगको प्रतिबद्धता आवश्यक रहेको बताएका हुन् ।

“नेपाली जनता यसमा निर्भर छन् । आँधीमा परेर आफ्नो बासस्थान गुमाएका परिवारका लागि, नदीको सतह बढेर गाउँ छोड्न बाध्य भएका समुदायका लागि लस एन्ड ड्यामेज कुनै वार्ताको विषय होइन, नत ब्युरोक्र्याटको एब्सट्र्याक्सन नै हो,” संसद्लाई सम्बोधन गर्ने क्रममा उनले भने, “यो जीवनरेखा हो ।”

यस्तै, उनले जलवायु परिवर्तनविरुद्ध लड्न विकसित देशहरूले वार्षिक १०० अर्ब अमेरिकी डलर दिने वाचा पूरा गर्नुपर्ने बताएका छन् ।

उनले नेपाल र अन्य विकासोन्मुख देशलाई धेरै अन्तर्राष्ट्रिय सहयोग चाहिने पनि बताए । दिगो विकास र जलवायुसम्बन्धी काम गर्नका लागि प्रत्येक वर्ष कम्तीमा ५०० अर्ब अमेरिकी डलर जारी गर्ने प्रस्ताव अघि सारेको र त्यसलाई राष्ट्रसंघको महासभाले स्वागत गरेको उनले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro