site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ।

गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो ।

Dabur Nepal
NIC Asia

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए ।

जवाफमा महासचिव गुटेरेसले राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोषको पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए ।

त्यस्तै, उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा समेत सहयोग गरिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताए ।

महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपूरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro