site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मलेसियाविरुद्ध कीर्तिमानी जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।

Dabur Nepal
NIC Asia

नेपालले यसअघि यसै महिना घरेलु मैदानमै भएको त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । त्यसबेला नेपालले १६५ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा कुशल मल्ले ६५ रन बनाए । उनले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे । कुशलले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ६७ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । भुर्तेलले पहिलो विकेटका लागि आसिफ सेखसँग ४९ रनको साझेदारी गरेका थिए । आसिफले ३२ रन थपे । सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अविजित रहे ।

मलेसियाका मुहम्मद अमिरले तीन विकेट लिए । पवनदीप सिंहले एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो । मलेसियाका ओपनर अजिजले ४९ बलमा आठ चौका र दुई छक्कासहित ६८ रन बनाए । अजिजले पहिलो विकेटका लागि ५.५ ओभरमा जुबाइदी जुल्किफ्लीसँग ५८ रनको साझेदारी गर्दै मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

जुल्किफ्लीले २४ रन थपे । तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा मलेसिया ठूलो योगफलसम्म पुग्न सकेन । सर्विन मुनियन्दीले १३ र विजय उन्नीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभिनाश बोहराले चार विकेट लिए । चार ओभर बलिङ गरेका अभिनाशले २७ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । लगातार दोस्रो हार बेहोरेको मलेसिया भने प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro