site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालका शीर्ष क्रम ब्याटर कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुशल मल्लले २६ बलमा एक चौका र ६ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो तेस्रो अर्धशतक हो । 

जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १३३ रन बनाएको छ ।
    
त्यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro