अर्थ व्यवसाय
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रका कारण फूल र फलफूलमा आत्मनिर्भर हुन नसकेको बताएका छन् ।
नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु तिहार पुष्प मेलाको उद्घाटन गर्दै उनले अहिले मुलुकको अर्थतन्त्रका कारण फूल र फलफूलमा आत्मनिर्भर हुन नसकेको बताएका हुन् ।
उनले फूलको उत्पादनमा राज्यले प्रोत्साहन गर्न नसकेको भन्दै व्यवसायी आफैँ त्यसतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
यही कात्तिक १८ गतेसम्म चल्ने मेलामा ६० व्यावसायिक स्टल रहेका आयोजकले जनाएको छ । कम्तीमा ३० हजारजनाले मेलाको अवलोकन गर्ने र ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १५:५५
प्रतिक्रिया दिनुहोस्