site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बहराइनसँग हङकङ स्तब्ध, ओमानको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बहराइनले हङकङविरुद्ध २० रनको जित निकालेको छ ।

मंगलबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १९.१ ओभरमा १२६ रनमै समेटियो ।

हङकङका अंशुमान रथले २८ रन बनाए । जिसान अलीले २१, ऐजाज खानले नस्रुल्ला रानाले १६ रन थपे । यसबाहेक, हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Dabur Nepal
NIC Asia

बहराइनका अब्दुल मजिदले तीन विकेट लिए । मजिदले ३.१ ओभरमा सात रनमात्र खर्चिए । अली दाउद र रिजवान बटले समान दुई विकेट लिए । सथैया विरापथिरन र इमरान अन्वरले एक–एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको बहराइनले १९.३ ओभरमा सबै विकेट गुमाएर १४६ रनको योगफल खडा गरेको थियो ।

बहराइनका इमरान अलीले ६२ रन बनाएका थिए । उनले ४३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । इमरान अन्वरले १५, हैदन बटले १४ र रिजवान बटले १३ रन जोडे ।

हङकङका नस्रुल्ला रानाले तीन विकेट लिएका थिए । ऐजान खान, इशान खान र यासिम मुर्तजनाले समान दुई विकेट लिए ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा बहराइनको यो पहिलो जित हो । दुई खेलबाट दुई अंक जोडेको बहराइन यो जितसँगै समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । बहराइन यसअघि पहिलो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो ।

हङकङको भने यो पहिलो हार हो । समान खेलबाट दुई अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । हङकङले यसअघि पहिलो खेलमा कुवेतलाई १६ रनले हराएको थियो ।

मंगलबार नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’को खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको ओमान दुई खेलबाट चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । ओमानले यसअघि पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो ।

सिंगापुरको भने यो लगातार दोस्रो हार हो । दुई खेल खेल्दा पनि अंकविहीन सिंगापुर तालिकाको पुछारमा छ । सिंगापुर यसअघि पहिलो खेलमा नेपालसँग आठ विकेटले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro