site stats
बाह्रखरी :: Baahrakhari
देश
भन्सार छली गरी सुनको कारोबार गर्ने पाँचजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । भन्सार छली गरी सुनको कारोबार गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारीईसार केवट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा घर भइ हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा सिनामंगलबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट प्रहरीले २६ लाख ५१ हजार ८०५ मूल्य बराबरको तीन थान सुनको ढिक्का (जम्मा तौल २१४.३६ ग्राम), तीन थान सुनका सिक्री (जम्मा तौल ५०.०१ ग्राम) र नगद एक लाख १० हजार बरामद गरेको थियो ।

पक्राउ परेकालाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्