site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएई, ओमान र हङकङको विजयी सुरुआत

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान र हङकङले विजयी सुरुआत गरेका छन् ।

सोमबार भएको समूह ‘बी’ को खेलमा यूएईले बहराइनलाई पाँच विकेटले र हङकङले कुवेतलाई १६ रनले हराएको हो । यस्तै, समूह ‘ए’ को ओमानले मलेसियालाई ३२ रनले हरायो ।

मूलपानीमा बिहान ९ बजेदेखि सुरु भएको खेलमा बहराइनले प्रस्तुत गरेको १३६ रनको लक्ष्य यूएईले १० बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्ट्यो ।

दोस्रो खेलमा हङकङले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रनमात्र बनायो ।

यस्तै, कीर्तिपुरमा भएको पहिलो दिनको दोस्रो खेलमा ओमानले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२१ रनमात्र बनायो । यसअघि कीर्तिपुरमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले अब कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro