site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा सबैभन्दा धेरै एकतले घर, १० तलेभन्दा बढी कति ?
काठमाडौं उपत्यकाको दृश्य ।

काठमाडौं । नेपालमा बनाइएका घरहरूमध्ये सबैभन्दा बढी एकतले रहेका पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकानुसार नेपालभरका कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेका पाइएको हो ।

दोस्रो धेरैमा दुईतले २८.७८ प्रतिशत, तेस्रोमा तीनतले ९.१७ प्रतिशत, चौथोमा चारतले १.३ प्रतिशत, पाँचौँमा पाँचदेखि साततले ०.६४ प्रतिशत, छैटौँमा आठदेखि नौतले ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरू ०.००३ प्रतिशत रहेका देखिएको छ ।

तथ्यांकानुसार मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी (८४.४२ प्रतिशत) छन् । पाँच वा सोभन्दा बढी तला भएका घर वाग्मती प्रदेशमा सबैभन्दा बढी (२.३४ प्रतिशत) छन् ।

तथ्यांकानुसार कुल घरहरूमध्ये सबैभन्दा बढी (२७.९५ प्रतिशत) चार वर्षसम्म पुराना छन् । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरू ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशतले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये ४१ लाख २२ हजार ६९० (६१.८९ प्रतिशत) परिवारका कम्तीमा एक सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख नौ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको पाइएको हो ।

कुल एक करोड ४२ लाख ५३ हजार ५५१ पुरुषमध्ये २६.४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये आठ लाख ३६ हजार १२७ (१२.५५ प्रतिशत) परिवारका कम्तीमा एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । कुल १० लाख ८१ हजार ६४६ (५.६७ प्रतिशत) व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ मध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।

उपप्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाखभन्दा बढी घरहरू रित्तो अवस्थामा रहेको पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro