site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सगरमाथा क्षेत्रबाट राष्ट्रसंघका महासचिवले भने– जलवायु संकटको भयानक प्रभाव देखेँ

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसबाट उनले आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन् ।

उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए । 

सगरमाथा अगाडि उभिएर उनले ३५ सकेन्डको भिडियो बनाएर सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर)मा पोस्ट गरेका छन् ।

“आज सगरमाथाको आधारबाट, म आफैँले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “तापक्रम बढ्दै जाँदा, ग्लेसियर पग्लने क्रम बढ्दै जान्छ– सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ ।”

हिमालयमा रहेका ग्लेसियरहरू रेकर्ड राख्ने गरी पग्लिरहेको उनले जनाएका छन् । ग्रिनल्यान्डमा जस्तै अन्टार्कटिकामा समुद्रको सतह बढ्दै गएको उनले बताएका छन् ।

“यहाँ हामी पहिरो देख्छौँ । समुदायहरू नाटकीय रूपमा प्रभावित भएको देख्छौँ । हामीले यो पागलपन बन्द गर्नुपर्छ । हामीले तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्ने कुरा सुनिश्चित गर्नुपर्छ,” महासचिव गुटेरेसले भिडियोमा भनेका छन् । 

उनले जलवायु परिवर्तनका कम गर्न ‘क्लाइमेट एक्सन’लाई अघि बढाउनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro