site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई छैटौँ सफलता, करणले लिए दोस्रो विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका करण केसीले छैटौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका मनप्रित सिंहलाई करणले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । मनप्रितले सिंगापुरको खातामा २४ रन थपे ।

जारी खेलको १६.३ ओभर समाप्त हुँदा सिंगापुरले ६ विकेट गुमाएर ११८ रन जोडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्