site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘म्यानचेस्टर डर्बी’मा हाल्यान्डप्रेरित सिटीको सहज जित

काठमाडौं । एर्लिङ हाल्यान्डप्रेरित म्यानचेस्टर सिटीले ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३–० को सहज जित निकालेको छ ।

आइतबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन हाल्यान्डले दुई गोल गरे । सिटीबाट अर्काे गोल फिल फोडेनले गरेका थिए ।

Dabur Nepal
NIC Asia

खेलको २६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै हाल्यान्डले सिटीलाई अग्रता दिलाएका थिए । युनाइटेडका रास्मस होजलुन्डको ‘ह्यान्ड’ भएपछि भिडियो सहायक रेफ्री (भार)को सहायतामा सिटीले पेनाल्टी पाएको थियो । जसलाई हाल्यान्डले सहजै पोस्टको दिशा दिए ।

४९औँ मिनेटमा हाल्यान्डले नै सिटीको अग्रता दोब्बर पारे । ८०औँ मिनेटमा फोडेनले गोल गरेपछि सिटीले ३–० को जित निश्चित गर्‍यो ।

जितपछि सिटी तेस्रो स्थानमा छ । सिटीले १० खेलबाट २४ अंक जोडेको छ । समान खेलबाट २६ अंकसहित टोटनहम शीर्ष स्थानमा छ । १५ अंकको युनाइटेड आठौँ स्थानमा छ ।

आइतबार राति नै भएका अन्य खेलमा लिभरपुलले नटिंघम फोरेस्टलाई ३–० ले, वेस्ट हमलाई एभर्टनले १–० ले, एस्टन भिल्लाले लुटन टावनलाई ३–१ ले हराए । ब्राइटन र फुलहमले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro