site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महासचिव गुटेरेसले गरे पाटन दरबार क्षेत्रको भ्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । आइतबार अपराह्न उनले पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरे । साथै, उनलाई मेयर महर्जनले ललितपुर दरबार क्षेत्रमा भ्रमण गराए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सत्तारुढ प्रमुख दलका नेता शेरबहादुर देउवासँग भेट गरे ।

उनले मंगलबार पोखरा, सोलुखुम्बुस्थित सगरमाथाको बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, लुम्बिनीलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro