site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्रमा सुधार हुँदैन : प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् ।

आइतबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादीतर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले आर्थिक क्षेत्र धरासयीमात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे । छिटोभन्दा छिटो गठबन्धन भत्काएर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने उनको धारणा छ ।

गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भए पनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्