site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघका महासचिवले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रहेको राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताएका थिए ।

राष्ट्रसंघ तथा यसअन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि उनले महासचिवलाई धन्यवाद दिए ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भिर भईदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका थिए ।
उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरे ।
नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गरेको शिष्टाचार भेटमा उनले सो आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
“जलवायु परिवर्तनको कारण हामी होइनौ, अरुले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनु पर्दछ,” राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै पोखरेलले भने,  “हामीले त व्यहोर्यौ व्यहोरयौ अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौँ । त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।”


राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पुरा हुने बताएका थिए ।

नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro