site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदक विजेता पलेशाको भव्य स्वागत

काठमाडौं । चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जितेकी पलेशालाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषरमा भव्य स्वागत र सम्मान गरिएको हो ।

पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य नेपालकै निम्ति पहिलो पदक हो ।

Palesha-1698579428.png

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको भए पनि यसअघि पदक जित्न सकेको थिएन । एसियाली पारा खेलकुदको पहिलो संस्करण चीनको ग्वाङझाउमा सन् २०१० मा भएको थियो । एसियाली पारा खेलकुदमा तेक्वान्दो भने यसै (चौथो) संस्करणदेखि मात्र समावेश गरिएको हो ।

हाङझाउस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा कजाखस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुकेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro