site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयातसँगै बढ्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको सामान आयात गरिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार गत वर्षको तुलनामा आयात १.६९ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको तीन महिनामा चार खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको थियो ।

यो अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको विभागले जनाएको छ । गत वर्षको तुलनामा निर्यात भने २.२६ प्रतिशतले घटेको छ ।

गत वर्षको असोजसम्म ४१ अर्ब ८२ करोड एक लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

निर्यात घटेसँगै व्यापार घाटा बढेको छ । तीन महिनाको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ ।

विभागका अनुसार नेपालको व्यापार घाटा असोज मसान्तसम्म तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro