site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

afwg-1698571050.jpg

Dabur Nepal
NIC Asia

नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता सकिएपछि उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम छ ।

देउवा र ओलीसँग भेटवार्ता गरेपछि उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन् ।

यसअघि, आजै उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro