site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी रूपान्तरण अभियानको समयावधि एक महिना थपिने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टी रूपान्तरण अभियानको समयावधि थपिने भएको छ । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा रूपान्तरण अभियान एक महिना थप्ने समझदारी बनेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

“रूपान्तरण अभियानको समयावधि थप गर्नुपर्छ भन्ने कुराहरू आइरहेका थिए, आज बिहानको बैठकमा सबै पदाधिकारी उपस्थित हुनुहुन्नथ्यो,” उनले बाह्रखरीसँग भने, “अभियानको समय एक महिना थप गर्ने समझदारी भएको छ ।”

गएको भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरिएको छ । आउँदो मंसिर १६ गतेसम्म अभियानको समयसीमा तोकिएको छ । एक महिना थपिए पुस १६ गतेसम्म अभियान सञ्चालन गरिनेछ ।

पदाधिकारी बैठकमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानमा ८० प्रतिशत बढी कार्यकर्ता खटिएको ‘ब्रिफिङ’ गरेका थिए । अभियान राम्ररी अघि बढेकाले एक महिना थप गरिने नेताहरूको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro