site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे गाउँपालिकाभित्र पदमार्ग जाने पर्यटकले शुल्क तिर्नुपर्ने
फाइल तस्बिर ।

अन्नपूर्ण (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ ।

माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले  पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ ।

गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए ।

स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।

यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।

“हाम्रोमा अहिले चारवटा ट्रेकिङ रुट छन् । त्यहाँ वर्षमा कतिजना जान्छन् कसैलाई थाहा छैन । यसले यहाँको अभिलेखीकरणमा सहयोग मिल्छ,” वडाध्यक्ष गुरुङले भने, “हामीले नियमसंगत शुल्क उठाउने निर्णय गरेका हौँ । यसबाट उठेको रकम पदमार्गमा खर्च हुन्छ । हामीले यहाँ सूचना केन्द्र बनाउने तयारी गरेका छौँ । यसले दुर्घटना हुँदा उद्धारमा पनि सघाउँछ ।”

तोकिएको शुल्क एक हप्ताभित्रमा लागु हुने वडाध्यक्ष गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “अहिले आन्तरिक तयारी गरिरहेका छौँ । अबको एक हप्ताभित्र शुल्क लिन्छौँ ।”

माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँ), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro