site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्धक बनाएको शिशुको उद्धारमा खटिएका डीएसपीमाथि चक्कु प्रहार
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारी आफैँ घाइते भएका छन् । उनीमाथि चक्कु प्रहार भएको हो । 

बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार कोहलपुर–२ दीपनगरका कुशल थापाले उनीमाथि चक्कु प्रहार गरेका हुन् । थापाले आफ्नै २० दिनको नवजात छोरालाइ बन्धक बनाएर हत्या गर्न खोजेका प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि नै चक्कु प्रहार भएको डीएसपी डाँगीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

थापा मानसिक बिरामी भएको खुलेको छ । सोही कारण थापाले आफ्ना परिवारका सदस्यलाइ बाहिर भएको मौकामा नवजात छोराको हत्या गर्ने भन्दै आफ्नै घर भित्र थुनेर राखेका थिए ।

प्रहरीले उनको नवजात छोराको उद्धार गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय