site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मर्सिडिजको मुनाफा घट्यो
फाइल तस्बिर : रोयटर्स ।

फ्र्यांकफर्ट । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार जनाएको छ ।

जुलाईदेखि सेप्टेम्बरसम्मको आवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकले गरेको भविष्यवाणीभन्दा केही राम्रो हो । विश्लेषकले समीक्षा अवधिमा कम्पनीको मुनाफा तीन अर्ब ४० करोड युरो हुने अनुमान गरेका थिए ।

उक्त अवधिमा कम्पनीको आम्दानी १.४ प्रतिशतले घटेर ३७ अर्ब २० करोड युरो भएको छ । केही पार्ट्सको कमीका कारण तेस्रो त्रैमासिकमा यात्रीवाहक कारहरूको बिक्री करिब ५ प्रतिशतले कम भएकाले आम्दानीमा पनि गिरावट आएको बताइएको छ ।

कोरोनाभाइरस महामारीको समयमा सुरु भएको आपूर्ति शृंखलाको समस्या अधिकांश कार निर्माताका निम्ति धेरै हदसम्म कम भएको छ । यद्यपि, उनीहरूले कहिलेकाहीँ यस्तो समस्याको सामना गर्नुपर्दा उत्पादन सुस्त भएको छ ।

तेस्रो त्रैमासिकमा मर्सिडिजको बिक्री ११ प्रतिशतले घटेको छ । यो अवधिमा विद्युतीय सवारीको बिक्री भने ६६ प्रतिशतले बढेको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro