site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा गोलीबारी हुँदा २२ जनाको मृत्यु, बन्दुकधारी फरार
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको मेन राज्यको लेविस्टन सहरमा बुधबार राति भएको गोलीबारीमा २२ जना मारिएको बताइएको छ । सीएनएनका अनुसार सामूहिक गोलीबारीमा ५० देखि ६० जना घाइते भएका छन् ।

बन्दुकधारी संदिग्ध फरार रहेको र व्यापक खोजी भइरहेको प्रहरी अधिकारीले बताएका छन् । स्थिति अझै चिन्ताजनक भएको भन्दै प्रहरी मानिसहरूलाई सुरक्षित स्थानमा रहन भनेको छ ।

प्रहरीले ४० वर्षीय रोबर्ट कार्डलाई गोलीबारीको शंकास्पद व्याक्तिका रूपमा पहिचान गरेको र उसलाई हतियार सहितको खतरा भनेको छ ।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई स्थितिको बारेमा जानकारी दिइएको जनाएको छ ।

गोलीबारी भएसँगै सहरमा प्रहरी हेलिकोप्टर र गाडीहरुबाट व्यापक खोजी एवं सुरक्षाका लागि कदम चालेको बताइएको छ ।

गोलीबारी भएका दुई ठाउँ करिब ६.५ किलोमिटरको दुरीमा रहेको बताइएको छ । शंकास्पद भनिएका व्यक्ति अमेरिकी सेनाबाट तालिम प्राप्त भएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro