site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

मनहरी (मकवानपुर) । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रेन सडकको छेउमा पल्टिँदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको  प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले  बताए ।

क्रेनले च्यापिएको अवस्थामा  रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो ।

Global Ime bank

पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement