site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब सख्तर डोनेस्कविरुद्ध २–१ को जित निकालेको छ ।

च्याम्पियन्स लिगको जारी सिजनमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो ।

Dabur Nepal
NIC Asia

बुधबार राति सम्पन्न खेलमा घरेलु समर्थकमाझ बार्सिलोनाका फेरान टोरेस र फर्मिन लोपेजले गोल गरे । डोनेस्कका जिओर्जि सुदाकोभले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् ।

फेरान टोरेसले खेलको २८औँ मिनेटमा अग्रता बनाएका थिए । फर्मिन लोपेजले ३६औँ मिनेटमा दोस्रो गोल गरे । टोरेसले नै गोलको लागि बनाएको अवसर सदुपयोग गर्दै लोपेजले अग्रता दोब्बर पारेका थिए ।

पाहुना टिमका जिओर्जि सुदाकोभले ६२औँ मिनेटमा गोल गरेपनि त्यो पर्याप्त भएन । बार्सिलोनाका प्रमुख फरवार्ड रोबर्ट लेवान्डोवस्की चोटका कारण यो खेलमा पनि उपलब्ध थिएनन् ।

बुधबार नै भएको समूहकै अर्को खेलमा इभानिल्सनको ह्याट्रिकप्रेरित एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४–१ ले हराएको छ ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको बार्सिलोना समूह 'एच' को शीर्ष स्थानमा छ । यस्तै, ६ अंकसहित पोर्टो दोस्रो, तीन अंकसहित सख्तर तेस्रो र अंकविहीन रोयल एन्टवार्प तालिकाको पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro