site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जमुनाहा नाका बन्द, उद्धार टोली परिचालन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

बाँके । दुर्गा मूर्ति विसर्जनलाई ध्यानमा राख्दै बुधबार नेपाल–भारत सीमानाका बन्द गरिएको छ । हिन्दुहरूको महान् चाड बडादसैँका अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेकाले सुरक्षा सतर्कता अपनाउन आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा बुधबार राति ८ बजे (मूर्ति विसर्जनको कार्य नसकिएसम्म)सम्मका निम्ति उक्त नाका बन्द गरिएको उनले बताए ।

प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल, औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारीसाधनबाहेक अरू सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

अहिले यहाँ दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड एवं नदीतर्फ लैजाने कार्य धुमधामसँग भइरहेको छ । नेपालगन्जका सडकहरूमा दुर्गा मूर्ति राखिएका ट्रक एवं ट्याक्टरहरूसहितको धार्मिक र्‍याली निस्किएको छ ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहराले बताए ।

उद्धार टोली परिचालन
यसैगरी, सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा उद्धार टोली खटाइएको छ । दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए ।

कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यान समेत जाने घटना घटेकाले सर्वसाधारणलाई सो सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro