site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि
SkywellSkywell

काठमाडौं । फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ । 

मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन बनाएको थियो । तर, वर्षाका कारण यूएईले १९८ रनको लक्ष्य पायो । लक्ष्य पछ्याउने क्रममा यूएई २६.१ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो ।

यूएईका ध्रुब परासरले ५९ रन बनाए । कप्तान आयन अफजल खानले ३०, आर्यन्स शर्माले ३२ र यायिन किरण राईले १७ रनको योगदान गरे ।

Dabur Nepal
NIC Asia

बलिङतर्फ नेपालका आकाश त्रिपाठीले सर्वाधिक चार, सुभाष भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रन बनाएको थियो ।

नेपालका कप्तान देव खनालले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४–२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटका निम्ति अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।

अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।

यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए ।

नेपाली अपराजित रहँदै फाइनलमा पुगेको थियो । नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो ।

नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् ।

यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu