site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति महाधिवेशनपछि पनि कांग्रेसले गन्तव्य समातेन भने...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले पार्टी जीवनमा पहिलो पटक ‘नीति महाधिवेशन’ गर्दै छ । मंसिर १३ देखि १५ गतेसम्म तीन दिन नीति महाधिवेशन हुँदै छ । नीति महाधिवेशनमा महासमिति सदस्यहरू सहभागी हुनेछन् ।

कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला भने नीति महाधिवेशनमा विचारको मन्थन हुने र नयाँ विचार निर्माण गरी राष्ट्रिय राजनीति तरंगित हुने अवस्था देखिरहेका छैनन् । उनी भन्छन्, ‘‘कांग्रेसको विचार निर्माणभन्दा गुटकै वर्चस्वका लागि काम भइरहेको छ । व्यक्ति स्थापित हुने प्रतिस्पर्धाले पार्टी निर्माण हुँदैन ।’’ नीति महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्ताव तयार पार्न कांग्रेसले तीनवटा समिति गठन गरेको छ । 

कांग्रेसले नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा तयारी समिति गठन गरेको छ । पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न महामन्त्री गगन थापाको नेतृत्वमा र समसामयिक राजनीतिक प्रस्ताव तयार पार्न अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा तीनवटा समिति गठन गरेको छ । यसबाहेक गत असोज ८ गतेको केन्द्रीय समितिबाट सभापति शेरबहादुर देउवालाई आवश्यकता अनुसार अन्य समिति गठन गर्नसक्ने अधिकार दिइएको छ । तर, ती समितिहरूले प्रस्तुत गर्ने प्रस्ताव नेतृत्व गर्ने व्यक्तिका हुन् वा कांग्रेसका भन्ने टुंगो नलागेको उनको बुझाइ छ । यदि, कांग्रेसको प्रस्ताव हो भने त्यसमा केन्द्रीय समितिमा छलफल हुनुपर्छ । केन्द्रीय समितिको सुझावसहित पारित गरेर महासमिति बैठक (नीति महाधिवेशन)मा पेस गर्ने निर्णयसहित प्रस्तुत गर्ने अधिकार प्रदान गर्नुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. शशांक प्रश्न गर्छन्, “त्यसो नगरी व्यक्तिले आफ्नो प्रस्ताव प्रस्तुत गरे त्यो नीति÷विचार कांग्रेसले ग्रहण गर्न सक्छ कि सक्दैन ?” उनी त्यस्तो विचार कांग्रेसले ग्रहण गर्न नसक्ने र त्यसले कांग्रेसलाई थप विभाजित गर्ने बताउँछन् । पूर्वमहामन्त्री र बीपी कोइरालाका छोरा शशांक भने कांग्रेसलाई प्रतिनिधित्व गर्ने नेताकै खडेरी देख्छन् ।

शशांक भन्छन्, “व्यक्तिको प्रतिस्पर्धाले कांग्रेसलाई कमजोर बनाउनु हुन्न । यसमा बौद्धिक वर्गको भूमिका महत्वपूर्ण हुन्छ ।” उनी सबैजसो नेता आफूलाई केन्द्रमा राखेर गुट सञ्चालनमा व्यस्त भएको टिप्पणी गर्छन् । सभापति शेरबहादुर देउवासमेत गुटबन्दीमै रमाएको उनको जिकिर छ । “एकपटक मेरै जिल्लाको एक व्यक्तिको कुरा आयो । सभापतिजीले त्यो तिम्रो मान्छे कि मेरो मान्छे भनेर सोध्नुुभयो,” कोइरालाले भने, “मैले ऊ कांग्रेसको मान्छे हो भनेँ । यो हदसम्मको गुटबन्दीमा हुनुहुन्छ सभापतिजी समेत ।” 

Global Ime bank

शशांक सभापतिलाई कांग्रेस कस्तो बनाउने ? अन्य पार्टीको अवस्था कस्तो छ ? भावी पुस्तालाई कस्तो कांग्रेस सुम्पने ? भन्ने कुनै चिन्ता नभएको बताउँछन् । त्यसबाहेकका नेता र पदाधिकारीहरू पनि आ–आफ्नो गुट निर्माणमा व्यस्त देखिएको भन्दै भोलिको कांग्रेस कस्तो बनाउने, जनतासँग पार्टीको सम्बन्ध के हुने, कांग्रेसको राष्ट्रिय लक्ष्य के हो जस्ता विषयमा चिन्ता नदेखिएको उनको गुनासो छ । 
 
कांग्रेस केन्द्रीय समितिका युवामा पनि गुटमा आफ्नो स्थान बनाउने अथवा आफ्नै गुट निर्माण गर्नेबाहेक चिन्ता कम देखिएको उनको टिप्पणी छ । त्यहीकारण बनेका गुट भत्कने र नयाँ बन्ने सम्भावना उनले कांग्रेसमा अझै देखिरहेका छन् । गुट भत्कने वा नयाँ बन्ने विषयले पार्टी जीवनमा खास अर्थ नराख्ने भन्दै कांग्रेसलाई  पुनर्जीवन दिने विषय पुरानादेखि युवा नेतामा पनि नदेखिएकामा उनी चिन्तित छन् । 

“वीपी कोइरालाले त्यो बेला नेपालीका लागि बस्ने घर, एक हल गोरु, एउटा दुहुनु गाई र छोराछोरी पढाउने क्षमता भएको न्यूनतम कुरा गर्नुभएको थियो । त्यतिखेर कांग्रेस के चाहन्छ त्यहीअनुरुप लक्ष्य थियो । अहिले कांग्रेसको लक्ष्य के हो ?” उनको प्रश्न छ । 

शशांक प्रत्येक नेपालीका घरमा एउटा कम्प्युटर, कम्प्युटर चलाउन र उपयोग गर्न सक्ने शिक्षा, यी सबै कुराका लागि आर्थिक क्षमता यतिखेरकोे आवश्यकता भएको बताउँछन् । “हिजोको जस्तो एक हल गोरु, एउटा दुहुनु गाईको ठाउँमा ती आवश्यकता पूरा गर्ने आर्थिक हैसियत । खेती–किसानीको ठाउँमा रोजगारी वा स्वरोजगारी । विद्यालयमा छोराछोरी पढाउने हैसियत अहिलेको आवश्यकता हो । तर, यसका लागि राष्ट्रिय कार्यक्रम के हुन सक्छ ? भोलि सरकारको नेतृत्व गर्दा यसमा कांग्रेस के गर्छ भनेर भन्नुपर्छ”, उनी भन्छन् । 

शिक्षा, स्वास्थ्य क्षेत्र र रोजगारी सिर्जनाको विषयदेखि देशको अर्थतन्त्र तथा विकासका प्राथमिकताका विषयमा पनि नीति महाधिवेशनले बाटो देखाउन सक्नुपर्ने उनको धारणा छ । पार्टीका यी सबै जिम्मेवारी कुनै विज्ञले बनाएको दस्तावेजबाट पूरा हुन नसक्ने उनको बुझाई छ । उनी पार्टीका तल्ला तहसम्म छलफल गरेर सबैले अपनत्व लिने नीति कांग्रेसको महासमितिबाट पारित गरेर त्यसको कार्यान्वयनका व्यवहारिक पक्षमाथि छलफल गर्नुपर्ने बताउँछन् । अन्यथा त्यसले कांग्रेसको रुपान्तरणमा योगदान गर्न नसक्ने उनी बताउँछन् ।

“कुन नेतालाई के लाग्छ, त्यसका विषयमा विवाद मात्र गर्ने हो भने नीति महाधिवेशन नै चाहिँदैन । गुटगत विवाद पर्याप्त छन्,” शशांक भन्छन्, “पार्टीलाई विचारमा एक ढिक्का बनाउने हो भने हरेक समितिका प्रस्तावमा केन्द्रीय समिति र तल्ला तहमा छलफल आवश्यक छ । प्रत्येक तहका निष्कर्षलाई अर्को तहमा आउने निष्कर्षसँग एकतृत गर्दै पार्टीले एउटा बृहत दृष्टिकोणसहितको विचार निर्माण गर्न आवश्यक छ ।”

आफूमाथिको आरोपमा... 
१३औं महाधिवेशनमा प्रचण्ड बहुमतसहित महामन्त्री निर्वाचित डा. शशांक यतिखेर केन्द्रीय सदस्य मात्र छन् । १३औं महाधिवेशनका निर्वाचित महामन्त्री शशांकमाथि कांग्रेसमा महामन्त्री हुँदा आवश्यक सक्रियता नदेखाएको र पार्टी सभापति देउवालाई अनावश्यक समर्थन दिएको आरोप छ ।

महामन्त्री भएपछि अकस्मात् बेहोस भएका शशांकले लामो समय अस्पतालको सघन उपचारमा बिताए । धेरैले अस्पतालबाट निस्किएपछि सक्रिय जीवनमै नफर्किने आँकलन गरेका शशांक अस्पतालबाट फर्किएपछि सामान्य जीवनमा फर्कनु नै उनका लागि पहिलो जित बन्यो । त्यसयता उनी आफैँ डाक्टर भएको र उपचारमा संलग्न चिकित्सकको सुझाव पनि त्यही भएकाले राजनीतिक दौडधुप सुरु गरेनन् । त्यहीकारण उनले महामन्त्रीको कार्यकालभर देश दौडाहा वा दौडधुपको राजनीति गरेनन् । 

पार्टी सभापतिलाई अनावश्यक समर्थन दिएको आरोप भने शशांक स्वीकार गर्छन् । पार्टी पदाधिकारीले नेतृत्वलाई असहयोग गर्ने कुरा विधिमा चल्ने पार्टीका लागि सोच्न नसकिने भन्दै पार्टीलाई फूटमा जानबाट जोगाउन र पार्टी नेतृत्व मातहत नै पार्टी चल्ने अवस्था बनाउन आफूले त्यसो गरेको उनको तर्क छ । पार्टी पद्धति विपरीत हुने भन्दै आफूले पार्टी नेतृत्वलाई सहयोग गरेको उनको भनाइ छ ।

शशांक आफूलाई लागेको निस्क्रिय भएको आरोप एक हदसम्म सही भएको भन्दै सक्रिय हुनेहरूबीचको प्रतिस्पर्धामा भाग नलिएको बताउँछन् । तर, अहिले आफू स्वस्थ रहेको भन्दै अब सभापति बन्न देशभर भेटघाटमा निस्कन लागेको बताउँछन् ।
 
“मभन्दा सक्रियहरूले पार्टीलाई ‘स्पिडअप’ गर्छन् भने हेरौँ न त भनेर म मौन बसेको थिएँ । फेरि शेरबहादुर देउवाजीले नै सभापतिमा जित्नुभयो,” शशांक भन्छन्, “यतिखेर पूरै कांग्रेस शेरबहादुरजीको आलोचना र समर्थनमा विभाजित छ ।”

शशांक सभापतिको आकांक्षा राख्दै देशभर घुम्ने योजनामा छन् । ‘‘सभापतिमा मेरो आकांक्षा छ भनेर नेता/कार्यकर्ता साथीहरूसँग भन्नेछु । उहाँहरूका सझुाव–सल्लाह सुन्नेछु,” शशांक भन्छन्, “साथीहरूले अघि बढ् भन्नुहुन्छ भने म अघि बढ्नेछु, होइन अरुलाई अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव आयो भने पदकै लागि हुनैपर्छ भनेर लाग्ने छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement