site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इजरायलमा ज्यान गुमाएका चार नेपालीको शव भोलि ल्याइँदै (नामसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव भोलि नेपाल ल्याइँदै छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाइन लागेको जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल ल्याइन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो । इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म र त्यहाँबाट फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाइन लागेको दूतावासले जनाएको छ ।

Global Ime bank

ती चार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ । अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि दूतावासले जनाएको छ ।

साथै, उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !