site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री रिजालसँग नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीको भेटवार्ता

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीलगायतले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको औद्योगिक वृत्तमा विगत पाँच वर्षदेखि रोक लगाएको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ विषयमा जानकारी गराइएको बताइएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणा, उपाध्यक्ष सुनिल केसी, इन्डियन बिजनेश फोरमका सह–संयोजक सैवाल घोष, युनिलिभर नेपालका वरिष्ठ प्रबन्धक गोविन्द शाही, संघका महानिर्देशक केशवमान सिंह तथा संघका उपनिर्देशक मार्शल राठौरसहितको प्रतिनिधि मण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालसँग भेट गरेका हुन् ।

नेपालमा विशेषगरी औद्योगिक व्यवसाय ऐन २०७६ कार्यान्वयन भएदेखि नेपालमा विदेशी लगानीमा सञ्चालित बहुराष्ट्रिय उद्योग प्रतिष्ठानले यसअघि उत्पादन गर्दै आएको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ प्रक्रिया रोकिएको संघले जनाएको छ । यसबाट नेपालमा स्थापित बहुराष्ट्रिय उद्योगलगायत अन्य उद्योगले भोग्नुपरेको कठिनाइका सम्बन्धमा समेत जानकारी गराइएको संघले जनाएको छ ।

कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङबाट आफ्ना वस्तु उत्पादन गरी बिक्रीवितरण गर्दै आएका बहुराष्ट्रिय उद्योगको उत्पादन तथा बिक्री वितरणमा ठूलो असर परेको संघको भनाइ छ ।

यस विषयमा उद्योगमन्त्री रिजालले अन्य संस्थाहरूसँग  संघलाई छलफल गर्न भन्दै आवश्यक पहल गरिने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro