site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यी स्थानमा पठाइयो चिनी, उपभोक्ताले प्रतिकिलो ११५ मा पाउने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सहजीकरणमा नेपाल खुद्रा व्यापार संघले आफ्ना सदस्यहरूलाई चिनी उपलब्ध गराएको छ । बुधबार (हिजो)देखि संघले काठमाडौंका विभिन्न ठाउँमा सहुलियत मूल्यमा चिनी उपलब्ध गराउन थालेको हो ।

संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीका अनुसार बुधबार ३८० बोरा चिनी बजारमा पठाइएको छ । चिनीको एक बोरामा ५० केजी हुने उनले बताए ।

बिहीबार पनि चिनी लिन आउनेको भीड रहेको उनले जानकारी दिए । उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँ चिनी पाउने उनले उल्लेख गरे ।

“हामीले एभरेस्ट चिनी मिलबाट ३८० बोरा उठाएका छौँ । हामीलाई आपूर्ति विभागले सहजीकरण गरिदिएको हो । बुधबार हामीले काठमाडौंका विभिन्न ठाउँमा चिनी पठाएका छौँ,” उनले बाह्रखरीसित भने, “चिनीको कालोबजारी नहोस् भनेर हामीले अनुगमन पनि गरिरहेका छौँ । हामीले १११ रुपैयाँ ८५ पैसामा गरिद गरेर ढुवानी खर्च जोड्दा प्रतिकिलो ११४ रुपैयाँ पुगेको छ । तर, हामीले बजारमा ‘११५ मा नै बेच्नू’ भनेर भनेका छौँ । त्यसको अनुगमन पनि गर्छौँ ।”

बुधबार कीर्तिपुरका निम्ति ६० बोरा, नक्सालदेखि कालोपुसम्म ६५, मौतिदेवीमा ६५, असनमा पाँच, क्षेत्रपाटीमा ६० र नयाँ र पुरानो बानेश्वर क्षेत्रका निम्ति ६० बोरा चिनी पठाइएको उनले जानकारी दिए ।

यस्तै, लाजिम्पाटमा १० बोरा, चक्रपथदेखि बूढानीलकण्ठ क्षेत्रका निम्ति २० र कोटेश्वर क्षेत्रमा ६० बोरा चिनी पठाइसकेको उनले बताए ।

ती पसलहरूले चिनी प्रतिकिलो ११५ रुपैयाँमा पाइनेसम्बन्धी मूल्यसूची उपभोक्ताले देखिने गरी टाँस्नुपर्ने उनले जानकारी दिए ।

नाफा नलिई चिनी बिक्री गरिरहेको उनको भनाइ छ । “हामीले अनुगमन पनि गरिरहेका छौँ । यो चिनी दुई केजी पनि कालो जारी नहोस् भनेर हामीले अनुगमनलाई तीव्रता दिएका छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro