राजनीति
काठमाडौं । नेकपा (एमाले)ले चाडपर्वका अवसरमा यो वर्ष पनि चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा कात्तिक १४ गते चियापन कार्यक्रम राखिएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमै गरिनेछ । राजनीतिक दलका नेता, सांसद, मन्त्रीसहित कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका पदाधिकारीलगायत व्यक्तिलाई चियापानमा निम्तो दिइने अधिकारीले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १५:५४
प्रतिक्रिया दिनुहोस्