site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी यू–१९ प्रिमियर कप : लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको वाईएसडी यूकेएम ओभलमा भएको खेलमा साउदी अरेबियाविरुद्ध ३०१ रनको फराकिलो जितसहित नेपाल अन्तिम चारमा पुगेको हो ।

नेपालले प्रस्तुत गरेको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरेबिया १९.१ ओभरमा ४६ रनमै समेटियो । साउदीका निम्ति वरुण सरवणन सर्वाधिक मुदलियारले ११ रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Dabur Nepal
NIC Asia

साउदीविरुद्ध घातक बलिङ गरेका नेपालका दीपेश कँडेलले ६ विकेट लिए । उनले ९.१ ओभरमा १८ रन खर्चिए । आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४७ रन बनाएको थियो । नेपालका अर्जुन कुमालले १४२ रन बनाए । उनले १११ बलमा १७ चौका र दुई छक्का प्रहार गरे ।

आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र दुई छक्कासहित ८९ रन थपे । अर्जुनले दोस्रो विकेटका लागि आकाशसँग १८९ रनको साझेदारी गरेका थिए । दीपक बोहराले २९ र विशालविक्रम केसीले अविजित २४ रन जोड्दा दीपेश कँडेल र दीपकप्रशाद डुम्रेले समान १४ रनको योगदान गरे ।

साउदी अरेबियाका लागि मोहम्मद अहमद राजा, मोहम्मद घायुर अहमद र अब्दुल्लाह शिराजले समान दुई विकेट लिए । जुहिर मोहम्मद र साहिद मुजिबउर रहमानले समान एक विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २७४ र दोस्रो खेलमा बहराइनलाई सात विकेटले स्तब्ध बनाएको थियो ।

तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । हारका बाबजुद साउदी अरेबिया पनि समान खेलबाट चार अंकसहित उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro