site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासको आतंक र इजरायलको बर्बरताविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । 

यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक बनाइएका नेपालका विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको माग गर्दै बुधबार साँझ काठमाडौंको बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन भएको छ ।

प्रदर्शनमा शान्तिवादीहरूले ‘हाम्रा प्रिय विपीन जोशी कहाँ छन् ?’ भन्दै जोशीसहित बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा हमासको आतंकवादलाई बोक्ने र प्रायोजन गर्ने काम बन्द गर्न र इजरायलले गरेको मानवता वरुद्धको अपराधमा मतियार बन्ने काम बन्द गर्न अन्तर्राष्ट्रिय समुदायलगायत विभिन्न देशहरूलाई आह्वान गरिएको थियो ।

प्रदर्शनमा हमासको आतंक र इजरायलको बर्बरताका कारण मानवता पराजित हुँदै छ, हमासको आतंकवाद र इजरायलको उद्दण्डताः विश्व शान्तिका लागि खतरा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकालसहित तीन दर्जन बढीको सहभागिता थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro