site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलको नेता उठ्दा सभापतिलाई भोट हाल्नेले विद्रोह गर्नुपर्छ भन्दा मुसुमुसु हाँसिरहेको छु : थापा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा आफू उठ्दा सभापतिलाई भोट हालेको फोटो पठाउनेहरूले विद्रोह गर्नुपर्छ भन्न थालेको बताएका छन् । 

बिहीबार प्रेस युनियन काठमाडौंले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा त्यस्तो सुन्दा आफू मुसुमुसु हाँसेर बसेको सुनाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भोट हाली फोटो खिचेर सभापतिजीलाई देखाउने वा देखाउन लगाउने साथीहरूले बाहिर धेरै विद्रोह गर्नुपर्छ भनेर चकचक हेर्दा मुसुमुसु हाँसेर बसेको छु,” उनले भने । 

उनले आफूले दलको नेता उठ्दा ३६ सांसद रहेको र त्यसमा थपिने विश्वास गरे पनि झन् घटेको बताए । 

“संसदीय दलको नेता लड्ने बेला मसँग ३६ सांसद छन् भन्ने थियो । बाहिर देश बदल्नुपर्छ भन्ने छ । ५–६ पटक प्रधानमन्त्री किन बनाउने ? त्यसले गर्दा साथीहरूले आँट विद्रोही चेतका साथ राख्नुहुन्छ भन्ने थियो,” उनले भने, “३६ त घट्दै घट्दैन । ३८–४० कहाँसम्म पुग्छ भन्ने लागिराथ्यो । बाहिर आउँदा २५ भनेर आयो । मान्नै पर्‍यो, त्यसका लागि काबिल भएको रहेनेछु भन्ने लाग्यो ।” 

उनले पार्टी बदल्ने बताए । ०८२ मा अधिवेशन गराएरै छाड्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्