site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्ता छन् चुनावी मैदानमा उत्रिएका खेलकर्मीका योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिबेला देश चुनावमय भएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारी मनोनयन भइसकेको छ र उमेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् ।

आसन्न चुनावमा विभिन्न क्षेत्रका साथै नेपाली खेलुकद क्षेत्रबाट पनि केहीले उमेदवारी दिएका छन् । कस्ता छन् त खेलकुद क्षेत्रका उमेदवार र तिनका एजेन्डा ?

जीवनराम श्रेष्ठ
जीवनराम श्रेष्ठ नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उठेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष रहेका श्रेष्ठ एमालेका केन्द्रीय सदस्य हुन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व अध्यक्षसमेत भएका श्रेष्ठ राजनीतिक पृष्ठभूमिकै व्यक्ति हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंका पुरातात्विक र सांस्कृतिक क्षेत्रको विकास तथा निर्माणमा आफ्नो भूमिका रहने बताएका जीवनरामले खेलकुदको विकास आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले भने, “खेलकुदको नीति निर्माणमा मेरो मुख्य भूमिका हुनेछ । खेलकुद क्षेत्रको विकासको लागि नेपाल आकर्षणको केन्द्र बनाउन र खेलाडीको जीवन गौरवका साथ सुनिश्चितता गराउने उद्देश्य छ ।”

इन्द्रमान तुलाधर
इन्द्रमान तुलाधर नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ९ (क) बाट प्रदेश सभाका लागि चुनाव लड्दै छन् । तुलाधर अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता हुन् ।

Global Ime bank

तुलाधरले पार्टीले गरेको नीति निर्देशनलाई पालना गर्दै चुनावी अभियान थाल्ने बताए । उनले भने, “पहिलो पटक प्रदेश सभाको चुनाव हँुदैछ । संविधानले व्यवस्था गरेअनुसारको अधिकारका कुराहरू लिन सचेत हुनुपर्छ । स्थानीय र केन्द्र सरकारसँग समन्वय गर्ने काम गर्छौ । म खेलकुद पृष्ठभूमिबाट आएकाले खेलकुदको पूर्वाधार विकास गर्न मेरो मुख्य भूमिका हुनेछ ।”

दीपक कोइराला 
दीपक कोइराला माओवादी केन्द्रको तर्फबाट कास्की क्षेत्र नम्बर १ (क) को प्रदेश सभाबाट चुनाव लड्दैछन् । कोइरालाले नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्षको रुपमा काम गरेका छन् ।

कोइरालाले आइतबारदेखि चुनावी अभियान थाल्ने जानकारी दिए । उनले भने, “संघियतालाई कार्यान्वयन गर्दै नेपाललाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन नै भूमिका हुनेछ । मैले गरेको केही कामले गर्दा म बलियो उम्मेदवार नै थिएँ । झन् बाम गठबन्धनले मलाई बलियो बनाएको छ । म चुनाव जित्नेमा ढुक्क छु ।”

सुरेन्द्र हमाल
सुरेन्द्र हमाल नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका लागि चुनावी मैदानमा छन् । हमाल ओलम्पियन खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्षसमेत रहेका हमालले भारोत्तोलन खेलबाट नेपाललाई विश्व जगतमा चिनाउने प्रयत्न गरेका थिए ।

ओलम्पियन खेलाडी हमालले युवा वर्गलाई लक्षित गर्दै स्वरोजगारतर्फ उन्मुख गराउने आफ्नो योजना रहेको बताए । उनले भने, “नेपाली खेलकुदको विकास गर्न मेरो विषेश भूमिका हुनेछ । खेलकुद स्वास्थका लागि भएका कारण पनि यसमा दिर्घकालिन योजना बनाउन आवश्यक छ । मेरो उद्देश्य भनेकै नेपाली खेलकुदमा दिर्घकालिन योजना बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पार्नु हुनेछ ।”

टंक आङबुहाङ
टंक आङबुहाङ नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष हुन् । नेपाली क्रिकेटको बागडोर ४ वर्ष सम्हालेका आङबुहाङ ताप्लेजुङ क्षेत्र नम्बर २ (ख) को प्रदेश सभामा चुनावमा उठेका हुन् ।

केशव स्थापित
केशव स्थापित नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट प्रदेश सभाका लागि चनावमा प्रतिस्पर्धा गर्दैछन् । स्थापित राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत हुन् । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर पनि हुन् ।

राजीवविक्रम शाह
राजीवविक्रम शाह नेपाल एथलेटिक्स संघका अध्यक्ष हुन् । उनले नेपाली कांग्रेसको तर्फबाट जाजरकोटबाट प्रतिनिधि सभामा उमेदवारी दिएका छन् । 

किशोर राई
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्दै छन् ।
 
मीनकृष्ण महर्जन
मीनकृष्ण महर्जन पूर्व राष्ट्रिय कराँते खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्षसमेत रहेका महर्जन नेपाली कांग्रेसको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभाका उम्मेदवार हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय