site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्व र पर्यटकीय सिजनले विमानस्थलमा चाप, ११४ वटा उडानले राख्यो रेकर्ड 

काठमाडौं । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कै सबैभन्दा धेरै उडान–अवतरण भएको छ । यो विमानस्थलको आवागमनमा नयाँ रेकर्डसमेत हो । 

उक्त दिन विमानस्थलबाट ११४ वटा उडान र अवतरण भएको हो । यो त्रिभुवन विमानस्थलबाट एक दिनमा भएको उडान–अवतरणमध्ये एतिहासकै सबैभन्दा धेरै उडान–अवतरण भएको विमानस्थलमा प्रमुख प्रताप तिवारीले बताए ।

विमानस्थलबाट दैनिक दुईतर्फी गरेर ९० देखि १०० हाराहारीमा उडान–अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।  पछिल्ला दिनमा आन्तरिक उडानतर्फ पनि चाप बढेको तिवारीले बताए । 

विमानस्थलमा भएका थुप्रै सुधार भएको विमानस्थलका प्रमुख तिवारीले बताए । तिवारीका अनुसार कोरोना महामारीपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी)मा पनि निरन्तर सुधार भइरहेको छ ।

“कोरोनापछि एटिसीमा धेरै सुधार भइरहेको छ । साथै, दसैँ तिहारको समय पनि भयो । विभिन्न एयरलाइन्सले फ्लाइटहरु पनि थप गरिरहेका छन् । पर्यटकीय सिजन पनि सुरु भएको कारण विमानस्थलको उडान–अवतरणमा चाप बढेको हो,” तिवारीले बाह्रखरीसँग भने । 

विदेशमा गएका नेपालीहरु दसैं तिहार मनाउ घर फर्किने भएको कारण पनि विमानस्थलमा चाप बढेको हो । अन्तराष्ट्रिय उडानका लागि विमानस्थलको ‘पिक टाइम’ भनेको राति ८ बजेदेखि ११ र बिहान पनि ८ देखि ११ हो । 

अहिले डोमेस्टिक फ्लाइटले गर्दा जुनसकै समयमा पनि उडान–अवतरण एकनासको रहेको तिवारीले बताए । “अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई ४ मिनेटको बीचमा उडान–अवतरण गराउन सक्ने क्षमता त्रिभुवन विमानस्थलसँग छ,” तिवारीले भने ।

विमानस्थल वायुसेवा कम्पनीलाई फ्लाइट सेडुअल दिँदा टर्मिलन, काउन्टर, पार्किङ क्षमता, ट्राफिकको डिमान्ड, एटीसीको क्षमता हेरेर दिने गरेको प्रमुख तिवारी बताउछन् । अहिले यी सबै पक्षलाई हरेर अन्तर्राष्ट्रिय उडान कम्पनीलाई प्रत्येक १०–१० मिनेटको अन्तरालमा उडान–अवतरणको अनुमति दिइँदै आएको छ ।

त्रिभुवन विमानस्थलमा तीन नेपाली कम्पनीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।  यस्तै, आन्तरिक उडानतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro