site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
एनआरएनएको एकताका लागि उमेदवारी दिएको हुँ
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंगलबारदेखि गैरआवासीय नेपाली संघको ११औं महाधिवेसन सुरु भएको छ । महाधिवेसनमा दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चार जनाको उमेदवारी छ ।

काठमाडौंमा चलिरहेको महाधिवेसनमा बिहीबार एनआरएनका पदाधिकारी चयनका लागि मतदान हुँदैछ ।

एनआरएनको अध्यक्ष पदका चार उमेदवारमध्येका एक महेशकुमार श्रेष्ठसँग बाह्रखरीले उनको उमेदवारी किन, जित्ने आधार के छन् र जितेपछिका योजनाहरु लगायत विषयमा कुराकानी गरेका छ । यस्तो छ एनआरएनको हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठसँगको कुराकानी

Agni Group

गैरआवासीय नेपाली संघको नेतृत्वका लागि तपाईको उमेदवारी किन ?

गैरआवासीय नेपाली संघमा म स्थापनाकालदेखि नै क्रियाशील छु । स्थापनाकालमा संस्थाको जुन उद्देश्य, लक्ष्य र कार्य योजना थियो पछिल्लो समय त्यो लक्ष्य र उद्देश्यअनुसार काम हुन नसकेको छैन । 

Global Ime bank

एक आपसमा वैमनश्यता पलाएको छ । जसका कारण गैरआवासीय नेपालीहरुको अधिकार र समुन्नत नेपाल निर्माणमा केही असहज अवस्था सिर्जना भएको छ । 
मुद्दाहरु कार्यन्वयनमा जटिलता पैदा भएको छ । 

यी सबै खाले समस्याहरुको समाधान गर्न, एकताबद्ध, सुदृढ र दिर्घकालीन योजना काम गर्नका निम्ति उमेदवारी दिएको हुँ । 

हालसम्म संस्थामा रहेर काम गर्दा सधैँ सहानुभूति पाएको छु । एनसीसीमा रहँदा मात्र होइन आईसीसीमा कोषाध्यक्ष र उपाध्यक्षसम्म हुँदा मैले उठाएका मुद्दाले सार्थकता पाएको छ । 

अब विश्वभरका गैर आवासीय नेपालीहरुलाई एकताबद्ध बनाएर सुदृढ, संगठित र स्मार्ट एनआरएनए बनाएर लैजाने उद्देश्यका साथ प्रतिस्पर्धामा आएको छु ।

–तपाईं अध्यक्षको उमेदवार हुनुभयो, त्यसपछिका योजना के–के छन् ?

मेरो पहिलो प्राथमिकता भनेको संघलाई एकतावद्ध गर्ने हो । त्यसपछि गर्नुपर्ने धेरै कामहरु छन् । नेपालको समृद्धिको लागि योगदान गर्नुछ, नेपालीहरु विदेशिने लहरको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ त्यो गर्नुछ । 

एनआरएनए संघलाई, यो संस्थालाई नै परिमार्जन गर्नुछ । यसलाई संस्थागत ढंगले चलाउनुछ । सचिवालय, निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने जस्ता धेरै कुराहरु छ । 

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा का साथ दुईवर्ष भित्रमा गर्ने कामहरुको सूची मैले मेरो प्रतिबद्धता पत्रमा पनि उल्लेख गरेको छु ।

नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पनि पहिलो प्राथमिकतामा राखेको छु ।

२०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित एक्सन प्लान बनाएर कार्यक्रमको सुरुवात गर्ने विचार छ ।

–तपाईंको जितका आधार के छन् ?

पहिलो कुरा भनेको संघलाई एकतावद्ध गर्न जुन किसिमको समन्वय आवश्यक छ त्यो कसले गर्न सक्छ भन्ने हो । त्यसका लागि म सक्षम छु, सबैतिर मैले समन्वय गर्न सक्छु । अहिलेको खाँचो भनेको एकता हो, त्यो एक बनाउनसक्ने व्यक्ति म हो र मेरो जित्ने मुख्य आधार पनि यही नै हो । 

–दशौं महाधिवेशनपछिको विभाजन एकता गराउनेमा तपाइँको भूमिका कस्तो रहन्छ ?

म अध्यक्ष भएँ भने तीन महिनाभित्र एकता गराउछु । एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने मैले संकल्प गरिसकेको छु । 

देश विदेशमा रहेका नेपालीहरुको गैर आवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । 

तर पछिल्लो समय संस्थामा विवाद बढेको साथै पदलोलुपता बढेकाले समस्या उत्पन्न भइरहेको छ । तर अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ ।

–वैदेशिक रोजगारीमा जाने र अन्य नेपालीको समस्याका लागि के योजना छन् ?

मध्यपूर्वसहित विश्वभर फरक फरक समस्याहरु छन् । हरेक समस्याको गहिरो अध्ययन गरेर निष्कर्षमा पुग्ने मेरो लक्ष्य छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगारसम्बन्धी आइपीओमा सबै गैरआवासीय नेपालीहरुको पहुँच सुनिश्चित हुने गरी कार्यान्वयन गर्न आवश्यक कानुन संशोधन जरुरी छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नका लागि सरकार र निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँमा एक व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरुले गन्तव्य मुलुकमा पाउने सेवा सुविधामा हुने विभेद अन्त्य गर्न नेपाल सरकार र विदेशस्थित नेपाली नियोगमार्फत सम्बन्धित देशहरुलाई आवश्यक प्रवन्ध गर्न सहजीकरण गर्नैपर्छ ।

–एनआरएनलाई सरकारले नागरिकता उपलब्ध गराएको छ, यसबाट नेपालले चाहिँ के अपेक्षा गर्नसक्छ ?
अब, लगानी गर्न पहिलेभन्दा थप सहज वातावरण भएको छ । यसअघि लगानीको सुरक्षा छैन भन्ने हुन्थ्यो । अब, नेपालमा लगानी गर्दा सम्पत्तिको सुरक्षा भएको छ । निर्धकसँग लगानी गर्नसकिने भएको छ यो धेरै राम्रो कुरा हो ।

–अन्तमा केही भन्न चाहनुहुन्छ ?
सम्पूर्ण मतदाताहरुलाई संस्थाको हितको लागि, सबल, सक्षम र पारदर्शी पारदर्शी सबैको एनआरएनए बनाउनका लागि मलाई भोट दिनुहोस् भन्न चाहन्छु । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu