site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेल्सबेरीको ३०औँ वार्षिकोत्सव र दसैँको अवसरमा आकर्षक अफर

काठमाडौं । दसैँको अवसर तथा कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले छुट अफर सार्वजनिक गरेको छ ।

यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलबेजका सबै शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ ।

घरायासी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने विश्वास लिएको कम्पनी जनाएको छ । क्यासब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ ।

वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ ।

हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सबेरीले उल्लेख गरेको छ ।

त्यसैगरी काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ ।

स्थापनाको ३०औँ वार्षिकोत्सवको सन्दर्भ र दसैँको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याएको छ ।

अत्याधुनिक सुविधासम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँपनको झझल्को दिन सेल्सबेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro