site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी फेरेपछि मौलापुुर नगरपालिकाकी प्रमुख रिना साह पदमुक्त 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भएकी छन् । 

नेकपा (एमाले)बाट निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

“...स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,” गोरखापत्रमा प्रकाशित आयोगको सूचनामा भनिएको छ । 

उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro