site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपलब्धिलाई हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको उनले उल्लेख गरे । संघीय कानुन बनाउने कुरामा नेताहरू चुकेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

०७२ सालमा जारी संविधानपछिका अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा नभएको उनले बताए । उनले संघीय कानुन पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि अहिलेसम्म अलमलिएको यथार्थ सुनाए ।

सबै राजनीतिक दलहरूसामु अहिले संविधान कार्यान्वयनको चुनौती रहेको उनले बताए ।

“...अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर, मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ । संविधानलाई चलाउने कोसिस भइरहेको छ,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ । तर, संघीय कानुन बनाउने कुरामा हामी चुकेका छौँ । २०७२ सालमा जारी गरेको संविधानपछिका आठ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यानकेन्द्रित हुनुपर्दथ्यो । संघीय ऐन निर्माणमा ध्यानकेन्द्रित हुनुपर्दथ्यो । संघीय कानुन पहिलो प्राथमिकतामा राख्नुपर्छ भनेर हामीले ध्यान दिनुपर्नेमा अन्य कुरामा अलमलिएका छौँ । त्यो कमजोरीलाई स्वीकार्नुपर्छ ।”

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्नुपर्ने र पार्टीपंक्तिको आशंकालाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro