site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोनाल्डोप्रेरित पोर्चुगलको सहज जित 

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलले युरो–२०२४ छनोटमा बोस्निया हर्जगोभिनाविरुद्ध ५–० को सहज जित निकालेको छ ।

सोमबार बोस्नियाको बिलिनो पोलेमा भएको खेलमा पोर्चुगलले पाँचै गोल पहिलो हाफमा गरेको थियो । पोर्चुगलको जितमा रोनाल्डोले दुईसहित ब्रुनो फर्नान्डेज, जाओ कान्सेलो र जाओ फेलिक्सले समान एक गोल गरे ।

खेलको पाँचौँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा रोनाल्डोले नै पोर्चुगलको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि फर्नान्डेजले गोल गर्दै पाहुना टिमको अग्रतालाई ३–० मा पुर्‍याए ।

३२औँ मिनेटमा कान्सेलोले पोर्चुगलका निम्ति चौथो गोल गरे । ४१औँ मिनेटमा फेलिक्सले गोल गरेपछि पोर्चुगलको अग्रता ५–० मा पुगेको थियो ।

जितसँगै समूह ‘जे’मा आठ खेलबाट २४ अंक जोडेको पोर्चुगल तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट नौ अंकको बोस्निया हर्जगोभिना पाँचौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro