site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाद्यले खरिद गरेका खसीबोका र च्यांग्रा काठमाडौं आइपुगे, भोलिदेखि बिक्री 
तस्बिरहरू ; हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका निम्ति खरिद गरेका केही खसीबोका काठमाडौं आइपुगेका छन् । खरिद गरिएका केही खसीबोका आउन बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

सोमबार खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आउने र मंगलबारदेखि बिक्री गरिने उनले जानकारी दिइन् । “दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा केही आएका छन् । बिक्री भने भोलि (मंगलबार)बाट गरिनेछ,” उनले बाह्रखरीसित भनिन्, “खरिद गरिएका सबै खसीबोका र च्यांग्रा अझै आइपुगेको अवस्था छैन । भोलि पनि आउँछन् । उताबाट आउने क्रम जारी रहन्छ । बिक्री पनि भोलिबाट नै हुन्छ ।”

khasi5-1697443411.jpg

खसीबोका र च्यांग्रा कतिमा बेच्ने भनेर मूल्य निर्धारण गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् । बिक्री मूल्य आज बेलुकासम्म निर्धारण गरिने उनको भनाइ छ ।

“बिक्री मूल्य निर्धारण भएको छैन । सम्भवतः आज बेलुकासम्म मूल्य निर्धारण हुनेछ,” सुवेदीले भनिन्, “मूल्य निर्धारण भएपछि भोलिबाट खसीबोका बिक्री गर्ने तयारी भइरहेको छ ।”

khasi4-1697443431.jpg

कम्पनीले सहुलियत मूल्यमा खसीबोका र च्यांग्रा बिक्री गर्न लागेको हो । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ । यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

khasi6-1697443548.jpg

khasi7-1697443548.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro