site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भियतनामबाट विमान चार्टर्ड गरेर आउँदै पर्यटक, नेपालबाट जान विशेष प्याकेज
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन विमान चार्टर्ड गरेर भियतनामी पर्यटकले नेपाल भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २१, २५ र २९ तारिखमा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर्ड गरेर भियतनामबाट पर्यटक नेपाल आउन लागेका हुन् ।

नेपाली पर्यटन क्षेत्रको इतिहासमै तीन जेट विमान चार्टर्ड गरेर पर्यटकको भ्रमण यो पहिलोपटक हुन लागेको बताइएको छ । करिब १५ प्रतिशत बौद्ध धर्मावलम्बी रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भियतनामबाट काठमाडौं ओर्लने पर्यटकले उपत्यकासँगै बुद्धको जन्मस्थान लुम्बिनी र पोखराको भ्रमण गर्ने बताइएको छ । केही पर्यटकले नेपालका विभिन्न बौद्धचैत्य र गुम्बामा ध्यान र योगाभ्यासका लागि थप समय बिताउनेछन् ।

यो भ्रमणको प्रबन्धक रुप्से होलिडेज् हो । चार्टर्ड उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गरी भियतनामको भ्रमण गर्न सकिने प्याकेज तयार पारिएको छ ।

Global Ime bank

नेपालबाट भियतनाम जान चाहने पर्यटकका निम्ति रुप्से होलिडेज्ले एक लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेज बनाएको छ । प्याकेजअन्तर्गत चार रात पाँच दिनको भियतनामको हनोईमा बास, विभिन्न आकर्षक गन्तव्यको घुमफिर, एकदिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट रहेको कम्पनीले जनाएको छ ।

तीनै चार्टर्ड उडानबाट उल्लेख्य संख्यामा पर्यटकको ओहोरदोहोर रहने कम्पनीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय