site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खसीबोकाको स्वास्थ्य परीक्षण गर्न चिकित्सकसहितको टोली परिचालन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री–वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका निम्ति टोली परिचालन गरिने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमुना संकलन, रोग निदान र उपचार समेत गर्नेछ ।

विभागका महानिर्देशक डा. उमेश दाहालले आइतबार विज्ञप्ति जारी गरी कलंकी खसीबजार, बल्खु कालीमाटी माछाबजार, चोभार नाका, चाल्नाखेल राँगाबजार, टुकुचा खसीबजार, खाद्य संस्थान, लोकन्थली खसीबजार, साल्लाघारी च्यांग्राबजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशेधारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालन गरिने जानकारी दिए ।

नमुना संकलनपछि स्वस्थ्य देखिएमा हरियो र रोगी देखिए रातो संकेत गर्ने व्यवस्था मिलाइएको छ ।

गत वर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका निम्ति कुल ५४ हजार पशु काठमाडौं भित्र्याइएको थियो । विभागले स्वस्थ्यकर र फुर्तिलो खसीबोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री–वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro