site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नाकाहरूमा सशस्त्र प्रहरीको सुरक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागु गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार २९ हजार १५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् । यस्तै, तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्भ फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ ।

यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभरका सशस्त्र प्रहरी बल इकाइले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउनाका साथै आपत् विपत्मा परेका नागरिकको उद्धारकार्यमा सहयोग पु¥याउन भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरी निगरानी बढाएको छ ।

झापाको पूर्वी नाकास्थित काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ । दसँै, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुन सक्ने आपराधिक क्रियाकलाप रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाइन्टमा खटिनुका साथै मुख्य राजमार्गमा हुन सक्ने घटनालगायत दुर्घटना न्यूनीकरण तथा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आईआरटी टोली परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ ।

Global Ime bank

प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी सशस्त्र प्रहरीले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी आठ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको जनाएको छ ।

स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न आठवटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइतेलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी)समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।

सोे योजनाअन्तर्गत ५६३ स्थानमा पैदल गस्ती, ३६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती), २०९ स्थानमा क्यूआरटी र ३७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड््यूटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ गरिएको छ ।

उक्त ड्यूटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानीलक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा पाँचवटा अनुगमन टोलीसमेत परिचालन हुने योजना रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement